मेरो भबिष्यको दुधकुण्ड यात्रा (पुष्पबाबु बस्नेत) हाल हैदराबाद ,भारत (काल्पनिक कथा )

मेरो भबिष्यको दुधकुण्ड यात्रा (पुष्पबाबु बस्नेत) हैदराबाद ,भारत-(काल्पनिक कथा )

Writer:Puspa Babu Basnet

From:Hyderabad India

         केबलकारबाट उत्रेपछि हामी नजिकैको पिके रिसोर्टमा पस्यौ° । वेटर भाइले कौसी तिर देखाउदै त्यहाँ आराम गर्न भन्यो । सगरमाथा लगाएतका उच्च हिमशिखरहरु सेताम्य अगाडि देखिइरहेका थिए । हामी आफ्ना आफ्नै तालमा सेल्फी खिचिरहेका थियौं । "सर के ल्याउ? " वेटर भाइ बोलेपछी म झस्किए । मैले बोले "तातो कफी ४ वटा" .. । केही बेरमा कफी पनि आयो । साथिहरु सोलु - दुधकुण्ड घुम्न आएका थिए । ।"ओहो कति बिकसित रहेछ सोलुको दुधकुण्ड" पोखराको साथीले बोल्यो । मैले मुन्टो हल्लाउँदै भने "कफी चाडो पिउ.. सेलाउला ……अब केरुङ्को बुद्ध पार्क जाने हो "


हामी पिके view point बाट सिधै मोटर क्याब लिएर रिङ रोड हुँदै पत्ताले तर्फ लाग्यौं । गोराखानी, टाप्टिङको पक्की बाटो tourist vehicle हरुले खचाखच थिए । त्यहाँको स्याउ बोकेका गाडिहरु पनि ओखलढुंगा हुन्दै तराई झर्दै थिए । ठाउँ ठाउँमा याक फाम र चिज factory खोलिएका थिए । जताततै हरियाली थियो । गेम्डाडा, झाप्रे हुँदै ३० मिनेटमा पत्ताले पुग्यौं । नेचा, सल्लेरी र ओखलढुंगा जाने ठूलो चोक बनेको छ । बुद्ध पार्कमा घुमिसकेर Lunch को लागि हिमाल दर्शन होटलमा पस्यौ । अबको हाम्रो यात्रा च्याल्सा गुम्बा हुँदै सेलगुडी र रात्नाङ्गेको थियो । जुन नेपालकै सबैभन्दा लामो भिउ पोइन्ट हो । फेरि cab मा ४ लेनको सडक हुन्दै सेलगुडी तर्फ लागियो । पर्यटकहरुको चाप उत्तिकै थियो । अर्को साथी बोल्यो "It´s amazing" भिउ tower मा उक्लिसके पछि साथिहरुको नजर उत्तर तर्फ सेता दात देखाएर हासिरहेका हिमालय रेन्जतिर पर्यो ।

बाँस सल्लेरी घरमै भयो । भोलि पल्ट बिहान सल्लेरी बजार झर्यौ । काठ्माण्डैबाट आउने गाडीहरू लिखुपिके हुँदै रोसिसम्म निस्कने सुरुङमार्ग बनेको एक महिना मात्र भएको थियो । सल्लेरीको बिकास देखेर साथीहरु दङ्ग भए । सल्लेरी सुन्दर, सफा र बिकसित भै सकेको थियो । प्राय सबैजसो बिषयमा PHD सम्म अध्यन अध्यापन हुने कलेज थिए । विभिन्न भाषाको आफ्नै लिपिमा पढाई हुने स्कुल, दोर्पु सम्मै 5 star र 7 Star होटल तथा रिसोर्ट खुलिसकेका थिए । पारी पट्टि खोरिया र जैदुमा गाडीहरू गुडिरहेको स्पष्टै देखिन्थे । "Oh how´s wonderful ..really so beautiful " झापाको साथी बोल्यो ।शेर्पा र तामाङ समुदायको आफ्नै पहिचान झल्किने नित्य तथा गायन शाला, अध्यन केन्द्र, मानेडाडाको चैत्य, सल्लेरी र लुरा गुम्बा अनि तामाखानिको देबिको मन्दिर घुमिसकेर हाम्रो यात्रा सल्लेरी च्याल्सा र साल्मे सम्मको hydropower तिर बढ्यो। सोलुको बिजुली चौबीसै घण्टा छ अनि बढिभएको विद्युत बेचिन्छ । काठमाडौको साथीले सोलुखोलाको पबित्र पानी देखेर मुस्कुराउदै भन्यो " मरेपछि जलाउन यहाँ ल्याए हुने ... सिधै स्वर्ग पुगिन्छकि?" एकछिन सबै शान्त भयौं ।

साथीहरूलाई गार्माको अन्तर्राष्ट्रिय पर्बतारोहन प्रशिक्षण प्रतिष्ठान लिएर गए । ओहो कतिधेरै बिदेशी पर्यटकहरु आएका .. नाजिङ सम्मका होटलहरु पाहुनाले भरिएका थिए । हामी खाना खाइ सकेपछी हाम्रो cab दुधकुण्ड तिर अगि बढ्यौं । अर्गानिक तरकारी खेतीले कुनै वारि बाजो थिएन । फाप्लुमा एकैछिनको विश्राम लिएर बजार घुमियो । त्यहाँ सुबिधासम्पन्न अस्पताल र आकर्षक एयर्पोर्ट थियो । आकास plain र helicopter ले गुन्जयमान थियो । जहाँ गए अनि पक्की बाटो थियो । अलि माथी पुगेर टेक्निकल स्कुल घुमियो । जहाँ विभिन्न जिल्लाबाट देशभरका स्टुडेन्टहरु आउछ्न। अध्ययन गुणस्तरीय छ । फेरि चिवाङ गुम्बा घुमेर हाम्रो यात्रा रिङ्मुमा रोकियो । साझमा टाक्सिन्दु पास गएर नुन्थला र खुम्बुको झिलिमिली हेरियो । टाक्सिदु गुम्बाको दर्शन गरियो । बसाइ भने रिङ्मुकै बिच बजारको होटेलमा भयो । "डिनर के खाने?" नजिकैको साथि ले बोल्यो । "ल आज स्याक्पा खाने " स्याक्पा र रिल्दोक अनि लोकल apple juice पिए पछि रुमतिर लागियो ।


बिहान उठ्न अनि ढिला भइसकेछ । छिटो छिटो वाथरुम गए बटर नुन चिया पिएर हाम्रो यात्रा रिङ्ग रोड हुँदै सुन्दर बजार जुनबेशी तिर लाग्यो । ठूलो संग्रहालय बनिसकेको थियो। पर्यटकको गाडीहरुको लस्कर दुधकुण्ड तिर बढी सकेका थिए । हाम्रो यात्रा ४५ मिनेट भित्रै नुम्बुर हिमालको फेदीमा रहेको पबित्र तिर्थस्थल दुधकुण्ड लेक पुगेर गाडी अडियो । हामी ओर्लियौ । साच्चिकै रमाइलो थियो । स्वर्गको एक टुक्रा झरेको झै लाग्यो । वरिपरि हिमाल... मनमोहक......रोमान्चक .....अनि आमाको काखमा बसेको अनुभव............. क्रमश :2 जुन 2017
                                                                                   Thank You

Comments